१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बुधवार देखी धुलिखेलमा एनआरएनको विशेष भेला

नेपालब्रिटेन डट कम्
२८ कार्तिक २०७४, मंगलवार ०५:११

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को भेला भोलि बुधवारदेखि धुलिखेलमा सुरु हुँदैछ । गैरआवासीय नेपाली संघको अक्टोवरमा सम्पन्न ८ औं अधिवेशनमा निर्वाचित पदाधिकारीसहितको भेला तीन दिनसम्म चल्ने संघका प्रवक्ता भुषण घिमिरे जनाकारी दिए ।
भवन भट्टले नेतृत्व समालेपछि संघको अगामी २ बर्षे कार्यकालको योजना तर्जुमा गर्न बैठक बोलाइएको हो । करिब डेढ दर्जन देशका प्रतिनिधि, पूर्वअध्यक्ष, पूर्वसल्लाहाकार, पूर्वसंरक्षक र संस्थापकहरुको समेत सहभागितमा हुने भेलामा गैरअवासीय नेपाली संघले स्थापानाकालदेखि अवलम्वन गरेका नीति तथा कार्यक्रमको पुर्नमूल्यांकन हुने बताएको छ । प्रवक्ता घिमिरेका अनुसार बैठकमा भाग लिन संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्वय कुमार पन्त, कुल आचार्य, महासचिव डा. बद्री केसी पूर्वअध्यक्ष जीवा लामिछाने, डा. उपेन्द्र महतो काठमाडौमा जम्मा भइसकेका छन् । बैठक पूर्वअध्यक्षद्वय शेष घले र देवमान हिराचनलाई समेत आमन्त्रण गरिएको छ । 
बैठकमा संघको ६ वटै महादेशका क्षेत्रीय संयोजक, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षलगायतका सबै पदाधीकारीलाई अनिवार्य उपस्थितको लागि सूचना जारी गरिएको छ । बैठकमा करिब दर्जनभन्दा बढी एजेन्डा छलफलका लागि प्रस्ताव गरिएको बुझिएको छ । बैठकको लागि लाप्राक प्राजेक्ट, एनआरएन भवन, एनआरएन फाउन्डेसन, नागरिकताको निरन्तरता, नेपालमा थप लगानी, खुल्ला विश्वविद्यालय, एनआरएन पोलोसी इन्स्ट्च्यिुट, वैदेशिक रोजगारका समस्या, सम्भावना र चुनौती, राष्ट्रिय समितिको समवन्यन, संघको सचिवालयको पुनर्संरचना लगायतका अजेन्डा तयार गरिएको छ ।
यस्तै बैठकले संघको सल्लाहाकार, संरक्षक, विभिन्न उपसमिति, आइसीसी सदस्य मनोनयनलगायतको बिषयलाई टुग्गो लगाउने अपेक्षा गरिएको छ । संघको विधान अनुरुप ११ जना सल्लाहकार तथा २१ जना केन्द्रीय सदस्यको मनोनयन गर्न बाँकी रहेको छ । संघको स्थापनापछि पहिलो पटक यस्तो खालको बैठकको आयोजना गरिएको दावी प्रवक्ता घिमिरेले गरे । एनआरएनलाई माया गर्ने संस्थापकदेखि अहिले सक्रिय सबैलाई आ–आफ्ना विचार राख्न बैठकमा आमन्त्रण गरेका छौं । यो संघलाई गतिशील बनाउने र आगामी दुई वर्षे कार्ययोजना तर्जुमा गर्ने बैठक हो, घिमिरेले भने । शुक्रवारसम्म चल्ले बैठकले गरेको निर्णय सार्वजाननिक गर्न संघले एक पत्रकार सम्मेलनको आयोजना गर्नेसमेत तयारी गरेको छ ।