१५ चैत्र २०८०, बिहीबार
Follow Us

अन्डर १९ एसिया कप वर्षाको कारण प्रभावित

sarusaru
२८ कार्तिक २०७४, मंगलवार ०५:५३

कार्तिक २८, २०७४-एसीसी अन्डर १९ एसिया कप अन्तर्गत नेपालले समुहको अन्तिम खेलमा मलेसियाको सामना गर्दैछ । स्थानीय समय अनुसार १२:३० बजेसम्म पनि लगातार वर्षा भइरहेको छ । खेलको निर्धारित तालिका अनुसार ९ बजे टस हुनुपर्नेमा लगातार वर्षाका कारण सम्भव हुन सकेको छैन ।

अब वर्षा रोकिएपछि अम्पायरहरुले मैदान निरिक्षण गरेर खेल्न लायक घोषणा गरेपछि मात्र टस हुनेछ । लगातार वर्षा भइरहेकोले खेल हुने नहुनेमै शंका उत्पन्न भएको छ ।

कान्तिपुरको ट्वीटर ह्यान्डअलमा मैदानको स्थितिबारे प्रत्यक्ष जानकारी लिन सक्नुहुनेछ ।

नेपाललाई दोस्रो चरणमा प्रवेश गर्न जित अावश्यक छ । सँगसँगै भारत र बंगलादेशबिचको खेलको नतिजाले पनि समिकरणमा असर पार्नेछ ।

– कान्तिपुरबाट ।