११ बैशाख २०८१, मंगलवार
Follow Us

गौचनको हत्यामा संलग्न एक जना पक्राउ

sarusaru
२८ कार्तिक २०७४, मंगलवार ०७:५५

२८ कात्तिक, काठमाडौं ।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेको नाम भने प्रहरीले खुलाएको छैन ।

आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर प्रहरीले यस बारे सार्वजनिक गर्दैछ ।

यसअघि गत २३ असोजमा बानेश्वरको खरिबोटमा दिउँसै गौचनको गोली हानी हत्या गरिएको थियो ।

शान्तिनगरस्थित आफ्नो निवासबाट महासंघ कार्यालय आउने क्रममा उनीलाई गोली हानिएको थियो ।

गोली चलाउने समूहले पहिले चालकको अगाडि तर्फको शिशामा ढुंगा प्रहार गरेको थियो । लगत्तै, गाडी रोकिएपछि दुई राउण्ड गोली प्रहार भएको थियो ।

गाडीको शिशा छेडेर गौचनको पेटमा गोली लागेको थियो ।