११ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाल यु–१९ एसिया कपको सेमिफाइनलमा

नेपालब्रिटेन डट कम्
२८ कार्तिक २०७४, मंगलवार ०९:५७

काठमाडौं । मलेसियामा सञ्चालन भइरहेको यु–१९ एसिया कपको सेमिफाइनलमा नेपाल पुगेको छ । नेपालले अब समूह ‘ए’ को शीर्ष विजेता अफगानिस्तानसँग फाइनल प्रवेशका लागि विहीबार खेल्नुपर्ने छ । समूह ‘बी’ बाट नेपालले दुई खेल जितेर सेमिफाइनलमा पुगेको हो । नेपालले भारत र आयोजक मलेसियालाई पराजित गरेर समूहमा ४ अंक जोडेको थियो । यही समूहमा तीनवटै खेल जितेर ६ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रह्यो ।