१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अनिल गुरुङबाट सन्न्यास

नेपालब्रिटेन डट कम्
२८ कार्तिक २०७४, मंगलवार १३:३४

काठमाडौं । फिलिपिन्सविरुद्धको खेलसँगै ५०औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका ३१ वर्षीय नेपाली टोलीका स्ट्राइकर अनिल गुरुङले आज अन्तर्राष्ट्रिय फुटबल खेल जीवनबाट सन्न्यास लिनुभएको छ । खेलको ८२ औँ मिनेटमा सुजल श्रेष्ठको ठाउँमा मैदान प्रवेश गर्नुभएका उहाँलाई एन्फाले आज एक समारोहवीच बिदाइ गरेको छ । दशवर्षे आफ्नो खेल जीवनमा अनिलले आजको खेलसँगै ५० औँ अन्तर्राष्ट्रिय खेल पूरा गर्नुभयो ।
आफ्नो खेल यात्राभर उहाँले अहिलेसम्म १० अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् २००७ मा ओमनविरुद्वको अन्तर्राष्ट्रिय खेलबाट डेब्यु गर्नुभएका अनिलले सन् २००८ मा नेपालमा नै भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो गोल गर्नुभएको थियो । त्यस्तै सन् २०१३ को साफ च्याम्पियनसिपमा उहाँले भारतविरुद्धको खेलमा १०औं अन्तर्राष्ट्रिय गोल गर्नुभएको थियो ।