१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काँग्रेस आमन्त्रित सदस्यमा विष्ट मनोनित

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०७४, बुधबार ०३:५६

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आनन्द विष्टलाई पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ । सभापति देउवाले नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति विष्टलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
विगत दुई दशकदेखि मुलुकको लोकतन्त्र र काँग्रेसको पक्षमा निरन्तर योगदान गर्नु भएका विष्टलाई उहाँको योगदानको कदर गर्दै आमन्त्रित केन्द्रीय समितिमा मनोनयन गरिएको जनाइएको छ ।