१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बाम गठबन्धनका उम्मेद्वार सुटिङ स्थलमै पुगे

sarusaru
२९ कार्तिक २०७४, बुधबार ०४:२६

कार्तिक २८, २०७४-हास्य कलाकार हरिवंश आचार्य स्क्रिप्ट हेर्दै थिए । अर्का कलाकार किरण केसी सेक्यूरिटी गार्डको पोशाक लगाएर मोटरसाइकलमा आएका दिपकराज गिरीलाई स्यालुट गर्दै थिए । त्यति नै बेला भोट माग्दै भक्तपुर क्षेत्र नम्बर २ वाम गठबन्धनका उम्मेदवार महेश बस्नेत सुटिङ स्थलमै छिरे । सुटिङ भइरहँदा चर्को आवाजमा माइकिङ गर्दै एक हुल सुटिङ भएतिरै हानिए ।
यही क्षेत्रका अर्का उम्मेदवार दमननाथ ढुंगाना पनि अहिले यही बस्तीमा बस्छन् । अरु बेला पनि कार्यकर्ताको ओहोरदोहोर भएपनि यसरी माइकिङ गर्दै भने कुनै उम्मेदवार आएका थिएनन् । जब चुनाव प्रचार टोली सुटिङस्थलमै छिरेपछि सुटिङ हेरेर बसेका सर्वसाधरण भने फिल्मकै एउटा दृश्य हो की भन्ने आँकलन समेत गर्न भ्याए । तर, त्यो र्‍याली सुटिङको अंश नभई वास्तविक चुनावी प्रचार थियो ।

बालकोटस्थित रोज भिलेजमा मह सञ्चारको सत्रुगते फिल्मको किरण केसीको प्रस्तुतिमा सुटिङ भइरहेको थियो । ‘सुटिङ भइरहेको थियो । चुनाव प्रचार प्रसारमा आएको टिमले एक छिन रमाइलै गर्‍यो,’ केसीले भने । कलाकारहरु भक्तपुर क्षेत्र नम्बर २ को उम्मेदवार नभएपछि भोट मागे । कलाकारहरुले उम्मेदवारसँग चुनावी माहोलको जानकारी लिए । चुनाव प्रचारप्रसारमा हिँडेका कार्यकर्ताहरु कलाकारसँग फोटो खिचाउन समेत भ्याए । चुनाव प्रचार टोलीले गर्दा सुटिङ केही बेर रोकियो ।
-कान्तिपुरबाट ।