१३ बैशाख २०८१, बिहीबार
Follow Us

बार्सिलोनामा क्याटालोनीयालीको प्रदर्शन जारी

sarusaru
२९ कार्तिक २०७४, बुधबार ०४:३३

बार्सिलोना– स्पेनको केन्द्रीय सरकारले थुनामा राखेको स्वतन्त्र क्याटालोनिया पक्षधर नेतालाई रिहाईको माग गर्दै मंगलबार पनि दशौं हजारले प्रदर्शन गरेका छन्।

दशौं हजार क्याटालोनियालीले उनीहरुको रिहाइको माग गर्दै क्याटलोनियाको राजधानी बार्सिलोनासहितका विभिन्न सहरमा प्रदर्शन गरेको बताइएको छ । आइतबारबाट सडक प्रदर्शन सुरु गरेका उनीहरुले आफ्ना नेताहरुलाई नियन्त्रणमा लिएको विरोधमा प्रदर्शन गरेको बताइएको छ।

राज्यद्रोह गरेको र देशलाई विघठन गर्ने अभियानको नेतृत्व गरेको आरोपमा क्याटलोनियाका पूर्व आठ क्षेत्रीय मन्त्री र दुई अभियानकर्ता थुनामा छन् । उनीहरुको रिहाइको माग गर्दै प्रदर्शनकारीले सोमबार पनि आन्दोलन गरेका थिए ।

क्याटलोनियाको क्षेत्रीय सरकारले एकपक्षीय रुपमा क्याटलन क्षेत्रलाई स्वतन्त्र भएको घोषणा गरेपछि स्पेन सरकारले देशको संविधानको धारा १५५ मा रहेको प्रावधानलाई पहिलो पटक उपयोग गर्दै उक्त क्षेत्रमा प्रत्यक्ष शासन लागू गरेको थियो भने क्याटलनका सबै पदाधिकारीलाई वर्खास्त गरेको थियो । स्पेनको उक्त कदम पछि बर्खास्तमा परेका क्याटलोनियाका राष्ट्रपति कार्लेस पुइगडेमन्टसहित उनका चार पूर्व मन्त्री स्वेच्छाले बेल्जियम निर्वासनमा गएका छन् भने उनका अन्य अभियानकर्तामाथि म्याड्रिडमा मुद्दा चलाइएको छ । पुइगमेन्टले भने निष्पक्ष न्यायको प्रत्याभूति नभएसम्म स्पेन नफर्कने माग अगाडि सारेका छन्।

स्पेनको सरकारले क्याटलोनियाको संसद् र सरकार दुवैलाई विघठन गरी डिसेम्बर २१ मा क्षेत्रीय निर्वाचन गर्ने यस अघि नै घोषणा गरिसकेको छ ।

– नागरिक न्युजबाट ।