१५ चैत्र २०८०, बिहीबार
Follow Us

क्यालीफोर्नियामा गोली चल्ल्दा ४ जनाको मृत्यु

sarusaru
२९ कार्तिक २०७४, बुधबार ०७:०३

२९ कात्तिक, क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।

अभिभावकहरुले आफ्ना बालबच्चा विद्यालय लैजाँदै गरेको बेला एक बन्दुकधारीले आक्रमण गरेका थिए । आक्रमणमा बालबालिकाहरु भने मरेका छैनन् ।

वाशिङटन पोष्टका अनुसार गोली चलाउने बन्दुकधारी पनि प्रहरीको जवाफी कारबाहीमा मारिएका छन् । विद्यालयलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् ।

यसअघि अमेरिकाको टेक्सासस्थित एक चर्चमा पनि गोली चल्दा २५ जनाको मृत्यु भएको थियो ।
– अनलाइन खबरबाट ।