१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०७३, बुधबार १५:१७

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सूचना विभाग रत्नपार्कमा कार्यरत रहँदा कम्प्युटर इन्जिनियर बिदुर दाहालले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विद्युत प्राधिकरण काठमाडौँ सूचना प्रविधि विभागमा कम्प्यूटर इन्जिनियर (तह ७) पदबाट सेवा प्रवेश गरी २०६२ सालदेखि २०७२ सम्म सोही पदमा बहाल रहँदा दाहालले रु एक करोड छ लाख आठ हजार ५१७ गैरकानुनी सम्पत्ति आर्जन गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम रु एक करोड छ लाख आठ हजार ५१७ बिगो कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम जरीवाना र कैद सजायको माग गर्दै आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले अभियुक्त दाहालका नाममा रहेको स्रोत नखुलेको चल अचल सम्पत्ति जफत गर्न पनि माग गरेको छ ।