१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कुचो किन्न बोलपत्र प्रक्रिया अगाडि बढ्दै

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०७४, बुधबार ०८:१३

काठमाडौं । महानगरका प्रमुख र उपप्रमुखले स्थानीय तहको निर्वाचनका समयमा मुख्य नारा दिएको काठमाडौँको धुलोमुक्त बनाउने अभियान अझै पनि अगाडि बढ्न सकेको छ्रैन ।
काठमाडौँ महानगरपािलकाले तत्काल बु्रमर(यान्त्रिक कुचो)का माध्यमबाट काठमाडौँको फोहोर सफा गर्न नसक्ने जनाएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले बु्रमरका लागि केही समयअघि नै बोलपत्र गरिसकिएको भए पनि मूल्य धेरै पर्न आएको हुँदा पुनः बोलपत्रको गर्नुपर्ने अवस्था आएकाले तत्काललाई उक्त यन्त्र खरिद गर्न नसकिने बताउनुभयो ।
उक्त यन्त्र ल्याउनका लागि पुनःबोलपत्रको प्रक्रिया अघि बढिसकेको बताइएको छ । प्रमुख शाक्यले कामपाको वातावरण विभागलाई निर्देशन दिँदै भन्नुभयो, “सफा गर्दा सडक छेउमा रहेको कागजको टुक्रा टिप्ने काम मात्र नगरी सबै स्थानमा धुलोसमेत सफा गर्न आवश्यक छ ।”
यसैबीच कामपाले एक हप्ताभित्र सक्ने गरी त्रिपुरेश्वर, सुनधारा, नयाँ सडक, रत्नपार्कलगायत स्थानका सडक छेउछाउ र सडकको बीच भागमा रहेको खाली जग्गामा हरियाली बनाउन रुखबिरुवा रोप्ने काम तीव्र रुपमा अघि बढिरहेको सहप्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा नयाँ निर्माण र दोस्रो चरणमा निर्माण भइसकेका स्थानमा मर्मत गरिने छ ।