१३ बैशाख २०८१, बिहीबार
Follow Us

वैदेशिक रोजगारका डिजी यसरी पक्राउ परे

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०७४, बुधबार ०९:१३

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई बुधबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । मंगलबार राति ९ बजे बानेश्वरको इन्द्रेणी फुटल्यान्डमा १० लाख घुससहित पक्राउ परेका विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो ।
शाखा अधिकृत पौडेल र नासु केसीको बयानपछि महानिर्देशक पन्तलाई बुधबार दिउसो अख्तियारले पक्राउ गरेको हो । वैदेशिक रोजगार न्यायाधीशकरणमा विचाराधीन मुद्दा मिलाइ दिने भन्दै महानिर्देशक पन्तले अधिकृत पौडेल र नासु केसीलाई प्रयोग गरेको खुलेपछि पन्तलाई अख्तियारले पक्राउ गरेको हो । पन्त एकसातापछि जागीरबाट अवकास लिदै थिए ।