१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन धुलिखेल बैठकमा घले अनुपस्थित, पुराना परियोजनाको समीक्षा

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०७४, बुधबार १३:३९

काठमाडौं । गैरआवासीय नेपाली संघको धुलिखेलमा चलिरहेको पदाधिकारी बैठकमा तीनवटा पुराना परियोजनाबारे छलफल भएको छ । लाप्राकको नमुना वस्ती, एनआरएन भवन र शंखमुल पार्क निर्माणबारे पहिलो दिन छलफल भएको प्रवक्ता भूषण घिमिरेले जानकारी दिए ।
लाप्राक, एनआरएन भवन र शंखमूल पार्क निर्माणसम्बन्धी अहिलेसम्म भएको प्रगतिबारे छलफल भयो, अब यसका लागि आर्थिक स्रोत जुटाउने विषयमा भोलि छलफल हुनेछ, प्रवक्ता घिमिरेले भने। यो विषयमा छलफल सकिएपछि नयाँ कार्ययोजनाबारे बहस हुनेछ ।
प्रवक्ता घिमिरेका अनुसार धुलिखेल बैठकले निकालेको निष्कर्ष शुक्रबार ४ः३० मा नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन गरी जानकारी दिइने छ ।

पदाधिकारी बैठकमा युवा संयोजक सुदन थापा र कोषाध्यक्ष हिक्मत थापाको उपस्थिति थिएन । उहाँहरुको उपस्थितिबारे कुनै जानकारी नआएको प्रवक्ता घिमिरेले बताए । बैठकमा पूर्वअध्यक्ष देवमान हिराचन र शेष घलेको पनि उपस्थिति थिएन । हिराचनले आफू बैठकमा उपस्थित हुन नसक्ने लिखित जानकारी गराएका थिए भने घलेका बारेमा प्रवक्ता घिमिरेले अनभिज्ञता प्रकट गरे ।