१५ चैत्र २०८०, बिहीबार
Follow Us

आचार्य र गिरी सम्मानित

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७४, बिहीबार ०४:४५

लन्डन– पर्वत वेलफेयर सोसाइटी यूकेले गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित उपाध्यक्ष कुल आचार्य र सोसाइटीको अन्तरास्ट्रिय समन्वय परिषदका अध्यक्ष निर्वाचित पुरन गिरीलाई सम्मान गरेको छ ।

आइतबार अल्डरसटमा एक कार्यक्रम आयोना गरेर सोसाइटीले आचार्य र गिरीलाई सम्मान गरेको हो । गिरी सोसाइटीका पूर्वअध्यक्ष हुन् भने आचार्य पूर्वउपाध्यक्ष हुन् ।

सोसाइटीका अध्यक्ष दधि आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा सोसाइटीका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार हितकाजी गुरुङ, पूर्वउपाध्यक्ष मिठुलाल बिक, सल्लाहकार यम गुरुङ, उपाध्यक्ष सञ्जीव गुरुङसहित कार्यसमितिका पदाधिकारी, सदस्य र सल्लाहकारहरुले सम्मानित दुवै जनालाई खादा ओढाएर कार्यसफलताको शुभकामना दिए ।

कार्यक्रममा एनआरएन उपाध्यक्ष आचार्यले सोसाइटी र कार्यक्रमका सहभागीहरुप्रति आभार प्रकट गरे भने गिरीले विश्वभरका पर्वतेलीहरुलाई जिल्लाको विकासमा ज्ञान, बुद्धि र अर्थ खर्चन अपिल गरे ।

कार्यक्रममा सोसाइटीका तर्फबाट अपाङ्गता भएका विद्यार्थी अध्ययनरत पर्वतको एक विद्यालयलाई सहयोग गर्दा चन्दा दिने सहयोगदाताहरुलाई पनि सम्मानपत्रसहित सम्मान गरिएको थियो । अभियानमा पुरन गिरी, मिठुलाल विक, डा. जगन्नाथ शर्मा, संयोजन गर्ने निवर्तमान अध्यक्ष नरजग गुरुङ तथा कोषाध्यक्ष नेत्र आले मगरले नेतृत्व गरेका थिए ।