११ बैशाख २०८१, मंगलवार
Follow Us

हाँस्य क्षेत्रले गुमायो होचा कलाकार

sarusaru
३० कार्तिक २०७४, बिहीबार ०६:१९

चर्चित हाँस्य टेलिऋंखला ‘झ्याईकुटी झ्याँइ’ बाट दिपेन सरको रुपमा चिनिएका कलाकार दिपेन शाह संसारकै होचा व्यक्तिको रुपमा चिनिन्छन् । आफ्नो अशक्तपन भएपनि कलाकारिता मार्फत दर्शकहरुलाई हँसाउँदै आएका दिपेन बोनम्यारोको रोगका कारण पिडित थिए। उनी अहिलेपनि औषधि प्रयोग गरिरहेका छन्। चर्चित कलाकार,डान्सर तथा जादुगर महादेव त्रिपाठीको साथका कारण कलाकारितामा भित्रिएका उनी महादेवकै साथमा विभिन्न कार्यक्रमहरुमा पनि प्रस्तुति दिँदै आएका थिए । उनले महादेव त्रिपाठीको प्रर्दशनमा आउने क्रममा रहेको चलचित्र ुजोक्करु मा हिरोको रुपमा अभिनय पनि गरेका थिए।

दुवै खुट्टामा हड्डीभित्रको मासीको कमि भएका कारण यस्तो अवस्थामा आइपुगेका उनको उपचारका लागि ५० लाख रकम लाग्ने बताइएको थियो।
नेपाल कै होचो कलाकार दिपेन शाहको आज Kist Hospital मा असामयिक निधन भएको जानकारी दिपेन शाहका बुवाले दिनुभयो।