१३ बैशाख २०८१, बिहीबार
Follow Us

चुनावपछि आफैं प्रधानमन्त्री बन्छु: प्रधानमन्त्री देउवा

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७४, बिहीबार ०८:०५

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि आफै प्रधानमन्त्री बन्ने दावी गरेका छन् । चुनावमा कांग्रेसको बहुमत आउने र आफू प्रधानमन्त्री बन्ने कांग्रेस सभापतिसमेत रहेका देउवाले बताएका हुन् । कैलालीमा पत्रकारहरुसँग उनले मुलुकमा अशान्ति फैलाउन बाम गठबन्धन गरिएको आक्षेप लगाउँदै चुनावमा वाम गठबन्धनलाई हराएर देखाइदिने पनि बताए ।
प्रधानमन्त्री देउवाले बहुउद्देश्यीय पञ्चेश्वर र पश्चिम सेती परियोजनाको काम शुरु भैसकेको बताउँदै धनगढीसँग जोडिएको गौरिफन्टा नाकाको काम चाँडै अगाडि बढ्ने बताए । सुदूरपश्चिममा २२ वटा पुललगायत थुप्रै सडक पिच गर्ने काम आफ्नै पालामा भएको दावी पनि उनले गरे ।
प्रधानमन्त्री देउवाले भएरहित बातावरणमा चुनावमा भाग लिई आफ्नो पार्टीलाई पूर्ण बहुमत दिन आग्रहसमेत गरे । देउवाले कैलालीको लम्कीमा पनि चुनावी सभालाई सम्बोधन गरेका थिए ।