२६ बैशाख २०८१, बुधबार
Follow Us

आज वाला चतुर्दशी, शिव मन्दिरमा शतविज छरिदै

नेपालब्रिटेन डट कम्
१ मंसिर २०७४, शुक्रबार ०५:३२

काठमाडौं । आज वाला चतुदर्शी, दिवंगत भएका आमाबाबुको आत्माको चीर शान्तिको कामना गर्दै छोराछोरीहरुले काठमाडौको पशुपतिनाथ मन्दिर र देशभरका शिवमन्दिरमा गई शतबिज छरेका छन् । आजका दिन पशुपतिको कैलाश डाँडा, श्लेषमान्तक वनमा गई आफ्ना मृतक आमाबाबुको नाममा धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाईएको सप्तधान्ययुक्त शतबिज छर्ने चलन छ । परम्परा अनुसार भक्तजनले शतबिज छर्नका लागि हिजो नै पशुपति क्षेत्रमा गई रातभर महादीप बाली भजन कीर्तन गरेर जाग्राम बस्दछन् र आज बिहान अर्थात वाला चर्तुदशीका दिन सबेरै बाग्मति नदीमा स्नान गरी शतबिज छर्ने गर्छन् । यसरी सतबिज छर्दा पितृहरुले सद्गति प्राप्त गर्छन् भन्ने धार्मिक विश्वास छ । आज पशुपति मन्दिर क्षेत्रमा मेला लाग्ने गर्छ ।