१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनले १ करोड लिड बल्व (LED) बेच्ने (फोटो फिचरसहित)

नेपालब्रिटेन डट कम्
१ मंसिर २०७४, शुक्रबार १४:०१

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले १ करोड लिड बल्व (LED) बेच्ने भएको छ । संघको सम्पन्न ३ दिने पदाधिकारी बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । संघका महासचिव डा. बद्री केसीले भने, नेपालमा लोडसेडिङ हटाउन २ सय मेगावट विद्युत् अभाव छ, त्यसलाई तुरुन्तै उत्पादन गर्न नसकिने अवस्थामा विद्युत खपत घटाएर २ सय मेगावटभन्दा बढी उत्पादन बचत हुनसक्छ भन्ने संघको ठम्याइ छ ।’
विश्वभरि ५० लाख नेपाली विदेशमा छन्, उनीहरुको घरमा २ देखि १० वटा बल्व प्रयोग हुन्छ, महासचिव डा. केसीले भने, ‘संघले उज्यालो कार्यक्रमअन्तर्गत १ करोड लिड बल्व किन्छ र एनआरएनका परिवारलाई बेच्छ । अहिलेको अवस्थामा १ करोड बल्व प्रयोगमा आए २ सय ५० मेगावट विजुली बचत हुन्छ ।’
पत्रकार सम्मेलनमा गोर्खाको लाप्राकमा निर्माणाधीन नमुना वस्ती, संघको भवन, शंखमुल पार्क, इन्भेस्टमेन्ट कम्पनी स्थापना, सामूहिक लगानीमा अभिपे्ररित गर्ने, वैदेशिक रोजगार कल्याणकारी कोषमा ५ करोड रुपैयाँ पु-याउने, नागरिकताको निरन्तरता, संविधानको धारा २९१ खारेजी, संविधानमा आम नेपाली सरह नागरिकताको व्यवस्था, एआरएन ऐन परिवर्तन, एनआरएन एकेडेमीको स्थापना, विदेशमा नेपाली समानको प्रवद्र्धन, एनआरएन फाउन्डसेनको स्थापनालगायतका विषयमा छलफल भएको थियो । विदेशी जेलमा सजाय भोगिरहेका नेपालको तथ्यांक संकलन तथा थानेश्वर भुसाललाई उन्मुक्ति दिलाउन संघले आपतकालीन राहत कोषबाट १२ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएको जानकारी दिइयो ।
संघले जारी गरेको विज्ञप्तिअनुसार गैरआवासीय नेपाली संघको नयाँ कार्यसमितिले विगतका कार्यकालमा भएका कार्यहरुको समीक्षा, संस्थागतलगायत अन्य सरोकारका विषयमा विस्तृत छलफल गर्दै आगामी २ वर्षभित्र गर्नुपर्ने कार्यको योजना तर्जुमा गर्न ३ दिने बैठक आयोजना गरेको हो । संघका अध्यक्ष भवन भट्टको सभापतित्वमा नोभेम्बर १५ देखि १७ सम्म भएको बैठकमा वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु संस्था अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, पूर्व उपाध्यक्ष रामेश्वर साह, पूर्व प्रवक्ता डा. हेमराज शर्मालगायतको उपस्थिति थियो ।
बैठकले १७ बुँदे निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । पहिलो बुँदामा भूकम्प पीडितका लागि गोर्खाको लाप्राकमा ४२ करोडको लगानीमा निर्माण भइरहेको ५ सय ७३ घरसहित लाप्राक नमुना वस्ती यथाशिघ्र सम्पन्न गर्नका लागि संघका अध्यक्षको नेतृत्वमा एक समिति गठन गर्ने निर्णय बैठकले गरेको छ । निर्माण सम्पन्न गर्न मौसमी कठिनाइ, स्थानीयवासीको प्रयाप्त सहयोग र कामदारको उपलब्धता प्रमुख चुनौति रहेकाले पहिले तय गरिएको समयसीमाभित्र सम्पन्न गर्न कठिनाइ भइरहेको छ ।
यस्तै बैठकको दोस्रो प्राथमिकतामा संको कार्यालय भवन रहेको छ । भवनको पहिलो चरणको कार्य अगामी वैशाखसम्म सम्पन्न गरी सचिवालय आफ्नै भवनबाट सञ्चालन गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा सम्पन्न हुने उक्त भवनको लागि जग्गासहित करिब २५ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । उक्त भवनको दोस्रो चरणको निर्माण कार्यलाई पनि निरन्तरता दिइने छ । यसका लागि स्रोत जुटाउनुपर्ने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै तेस्रो बुँदामा अधिकार सम्पन्न बागमति सफाइ योजनाअन्तर्गत शंखमुलमा निर्माण भइरहेको एनआरएन पार्क आगामी बैशाखसम्म सम्पन्न गर्ने योजनाअनुसार काम भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

a

4

3