July 10, 2020
10:42 AM | 3:27 PM

बम विस्फोटबाट काँग्रेसका उम्मेदवार डराउँदैनन्ः पौडेल

  17th November 2017 मा प्रकाशित

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आततायीको बम विस्फोटबाट काँग्रेसका उम्मेदवार नडराउने बताउनुभएको छ । भानु नगरपालिकास्थित थानीको थानमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा उम्मेदवार पौडेलले उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराइए पनि काँग्रेस त्यसबाट विचलित नहुने दृढता व्यक्त गर्नुभयो ।
“आततायीको त्यस किसिमको क्रियाकलापबाट हामी डराउनेवाला छैनौँ”, पौडेलले भन्नुभयो । भानु नगरपालिकाका नारेश्वरटार, भकुन्थोक र बेल्टारमा आयोजित चुनावीसभा र घरदैलो कार्यक्रममा काँग्रेस नेता पौडेल आज व्यस्त रहँदै लोकतान्त्रिक गठबन्धनका पक्षमा मतदान गर्न सबैमा आग्रह गर्नुभयो ।

प्रतिक्रिया