१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरियामा हुने आकस्मिक मृत्युको रहस्य

sarusaru
२ मंसिर २०७४, शनिबार ०४:२१

पछिल्लाे समय दक्षिण काेरिया नेपाली यूवाहरुकाे एउटा आकर्षणकाे केन्द्रबिन्दु बनेकाे छ।राेजगारीकाे शिलशिलामा राेजगार अनुमति प्रणाली (EPS) मार्फत धेरै युवाहरु दक्षीण काेरियाका औधाेगिक,कृषि तथा पशुपालन क्षेत्रमा दिनानुदिन भित्रिने क्रम जारी छ।

आम्दानिकाे दृस्टिकाेणले अरु गल्फ मुलुकहरुमा भन्दा राम्राे भएकाे कारणले पनि युवाहरु यतातर्फ आकर्षित छन।नेपालमा बिधमान राजनैतिक अस्थिरता,परिवारकाे आर्थिक अबस्था, बेराेजगारी,शैक्षिक याेग्यता अनुसार काम नपाउनु साथै पाईहाले पनि पारिश्रमिक एकदमै कम हुनुका पछाडि वैदेशिक राेजगार आकर्षित छ।वैदेशिक राेजगारकाे नाममा त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल काे बाटाे भएर दिनहुंजसाे हजाराैं युवाहरु आफ्नाे मातृभूमि छाेडेर आकाशकाे यात्रा तय गर्छन।बैदेशिक राेजगारी ले एकातिर रेमिट्यान्स भित्राएर समग्र रास्ट्रकाे आर्थिक विकासमा कांध थापेकाे छ भने अर्काेतर्फ बर्शेनि शिक्षित जनसक्ति अदक्ष कामदारकाे रुपमा बैदेशिक राेजगारिकाे नाममा बाहिरिनु भबिस्यमा देशकै लागि अभिसाप सरह हुनेत हाेइन भन्नेजस्ता प्रश्नचिह्न खडा भएका छन।

राेजगार अनुमति प्रणाली मार्फत दक्षिण काेरिया जाने युवाहरुकाे संङख्या पनि बर्षेनि बढदाे क्रममा छ।राेजगार अनुमति प्रणाली लागु भए यता दक्षिण काेरियामा नेपालिहरुकाे सङख्या झन्डै ५०,००० काे हाराहारि पुगेकाे छ।नेपालकाे परिप्रेक्ष्यमा दक्षिण काेरिया जाने १८ देखि २५ बर्ष उमेर समुहका +२ तथा स्नातक पढदै गरेका युवाहरुकाे संङख्या उच्च छ।बिधार्थि उमेरमा नेपालमा कामकाे नाममा सिन्काे नभाचेका,परिवारमा बुवा आमाले पुलपुल्यायर पालेका,अभाबकाे महशुश नगरेका,जिम्मेवार बहन नगरेका साथै घरमा सेठ पल्टेर खाएका युवाहरुलाइ दैनिक १२/१५ घन्टाकाे कामकाे प्रेशर तथा त्यहाकाे ब्यस्त दैनिकि संग हेलमेल हुनकाे लागि हम्मेहम्मे पर्छ।त्याे पारिवारिक पृस्ठभुमि बाट हुर्केका व्याक्तिहरु छिट्टै मानसिक तनाबमा पर्ने गरेका छन।हुनत मानसिक तनाब नभएका मान्छेहरु याे संसारमा सायदै छैनन हाेला।मानसिक तनाबमा पर्नु ठुलाे कुरा पनि हाेइन तर त्यसकाे सहि ब्यबस्थापन गरेर अगाडी सबैभन्दा महत्वपुर्ण पक्ष हाे।जसले समस्यालाइ सारथि बनायर सुख र दुःख जिन्दगीका पाटा हुन भन्ने स्विकार्छ उसले अर्थपुर्ण जिन्दगी जिउन सक्छ तर त्यसकाे ठिक बिपरित जसले समस्या,बाधा,अडचन र संघर्ष लाइ सारथि बनाउन सक्दैन त्याे मान्छे मानसिक तनाब मा फस्दछ।जब तनाब ले चरम बिन्दु पार गर्दछ तब उसले त्यसकाे अन्तिम समाधान आत्महत्या राेज्दछ।

पछिल्लाे समयमा काेरियामा नेपाली युवाहरुकाे बिभिन्न कारणले मृत्यु भएका खबरहरु सामाजिक संजालमा छ्यापछ्यापति सरदर मासिक २/३ वटा घटना काे दरले समाचार हरु पढनुपरेकाे तपाइहरु माझ सर्वविदितै छ।जसमा औधाेगिक दृर्घटना,हृदयधात,डिप्रेशन तथा अन्य बिभिन्न कारणले ज्यान गुमाउने हरु छन।याे हाम्राे लागि दुर्भाग्य तथा चुनौती काे बिषय बनेकाे छ।काेरिया गएर कतिपय युवाहरुले आफ्नाे परिवारकाे आर्थिक अबस्थालाइ कायापलट गरेका थुप्रै उदाहरण भएतापनि केहि युवाहरुले परिवारलाइ कहिल्यै सन्चाे नहुने घाउ बनाईदिएर संसारबाट बिदा भयका छन।याे निर्णयले भलै उसकाे समस्या त समाधान हाेला।तर परिवारलाई थप समस्या थुपारेर लिएकाे निर्णय काे कुनै तुक हुदैन।

काेरियामा नेपाली युवाहरु मानसिक तनाब यानिकि डिप्रेसन मा पर्ने कारणहरु धेरै छन।जसमा नेपालमा जस्ताे साेचेकाे थियाे वास्तबिकता मा त्यस्ताे नहुनु,बृद अशिक्षित मान्छेहरु संग काम गर्दा उनिहरुकाे बिचार संग हेलमेल हुन नसक्नु,भाषागत समस्या,आफुलाई निकाे हुन नसक्ने राेग लागेकाे थाहा हुनु,कार्यक्षेत्रमा दिनहुंजसाे दुब्यबहार तथा झगडा पर्नु,त्यहांकाे ब्यस्त दैनिकि संग समायोजन हुन नसक्नु,आफ्नाे कामसंग रमाउन नसक्नु,कम्पनि छाेडन साहुबाट लेटर नपाउनु,आफ्नै नेपालि साथिहरु द्वारा हेपिनु,त्यहांकाे संस्कृति,वातावरण,खानपानमा रमाउन नसक्नु,बस्ने ब्यबस्था भनेजस्ताे नहुनु,आफ्नै रुममेट संग पर्याप्त संचार नहुनु,नेपालमा भयका परिवारसंगकाे झगडा तथा बेमेल,प्रेममा असफल हुनु जस्ता धेरै कारणहरुले नेपाली युवाहरु मानसिक तनाब(डिप्रेसन)काे शिकार भएका छन।मानसिक तनाब काे लेबल उच्च हुदैगर्दा आत्महत्या का शाेचहरुकाे बिजाराेपण हुन्छ।

मानसिक तनाब बाहेक मृत्युहुने अरु कारणहरु पनि ब्याप्त छन।अत्यधिक धुमपान तथा मधपान गरि बेहाेश तालमा सुत्नु,काेठामा पर्याप्त मात्रामा अक्सिजनकाे परिबहन नहुनु,जाडाे समयमा झ्यालढाेका तथा भेन्टिलेशन बन्द गर्नु तथा बाेइलर,हिटर जस्ता हिटिङ उपकरण काे तापक्रम मेन्टेन नगरि सुतिदिनाले काेठामा भएकाे अक्सिजन तथा शरिरमा भयकाे पानीकाे मात्रा ति हिटिङ उपकरणले शाेशिदिनाले शरिरलाई चाहिंने अक्सिजन अभाब तथा डि-हाईड्रेशन का कारणले कतिपयले अकालमै आफ्नाे ज्यान गुमाउनु परेकाे छ।साथै औधाेगिक क्षेत्रतर्फ कामगर्ने हरुले लगातार रुपमा स्वचालित तथा म्यानुअल मेशिनमा काम गर्नुपर्ने भएकाेले अत्यधिक मदिरा शेबन गरि काम गर्नाले,अनिद्राकाे कारणले,काम गर्दा मन अन्तै डुलाउनाले,मानसिक तनाबकाे कारणले,पारिवारिक झैझगडा,कार्यस्थलमा हुने दुर्वबहार का कारणले औधाेगिक दुर्घटना भई अंगभंग तथा ज्यानै गुमाउने जस्ता घटनाहरु पनि बढिरहेका छन।

– डिसी नेपालबाट ।