७ बैशाख २०८१, शुक्रबार
Follow Us

१७ किलो सुनसहित एक युवक पक्राउ

नेपालब्रिटेन डट कम्
२ मंसिर २०७४, शनिबार १०:१०

रसुवा । अवैध तरिकाले चीनको केरुङ नाकाबाट नेपाल भित्र्याइएको सुनसहित आज बिहान एक युवकलाई सीमा प्रहरीचौकी टिमुरेले पक्राउ गरेको छ ।
सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक रञ्जनकुमार दाहालका अनुसार अवैध रुपमा ल्याएको १७ किलो सुनसहित पार्वतीकुण्ड गाउँपालिका अन्तर्गत चिलिमेका ३१ वर्षीय कारसाङदावा तामाङलाई बिहान ९ः३० बजे रसुवागढी नाकामा पक्राउ गरिएको हो । सुन ल्याउन प्रयोग भएको बा ११ च ७९१८ नं को बोलोरो जिप समेत नियन्त्रणमा लिई कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक दाहालले बताउनुभयो ।