७ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डनमा ट्याक्सी चालक बन्न अंग्रेजी परीक्षा पास गर्नुपर्ने

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०७३, बुधबार २२:३३

लण्डन । आप्रवासीहरूप्रति अनुदार मानिएको वर्तमान सरकारले लण्डनमा ट्याक्सी चलाउन अंग्रेजी परीक्षा अनिवार्य उत्तीर्ण गर्नुपर्ने व्यवस्था सुरु गर्न लागेको छ । ट्याक्सी चालन बेलायतमा आप्रवासीहरूको मुख्य रोजगार क्षेत्र मानिन्छ ।

आगामी अक्टोबरबाट लागू हुने गरी “ट्रान्सपोर्ट फ़र लण्डन”ले ट्याक्सी चालकले लाइसेन्सका लागि आवेदन भर्दा अंग्रेजीमा दक्षता पुष्टि गर्ने प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था गर्न लागेको हो । हाललाई चालक बन्न चाहनेले बि-१ स्तरको अंग्रेजी परीक्षा उत्तीर्ण गर्नुपर्नेछ । नयाँ चालकका हकमा यस्तो नियम ल्याइने भए पनि पुराना चालकले समेत लाइसेन्स नवीकरण गर्दा त्यस्तो प्रमाण पेस गर्नुपर्ने सम्बन्धित अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

यस्तो व्यवस्थाले धेरै आप्रवासीहरूले रोजगारी गुमाउनुपर्ने बताउँदै उबरलगायतका कम्पनी र संस्थाले यसको विरोध सुरु गरेका छन् । तर ८० प्रतिशतभन्दा बढ़ी जनताको समर्थन रहेकाले यस्तो व्यवस्था सफलतापूर्वक लागू गरिने अधिकारीहरूले जनाएका छन् ।