काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए ।
पुष्पकमल दाहाल लगायत काठमाडौं आइपुगेपछि केही समयपछि घोषणा गर्ने ती चिकित्सकले बताए । चुनावी अभियानमा झापामा रहेका पुष्पकमल दाहाल, प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् ।
प्रचण्डपु्त्र प्रकास दाहालको देहावसान । मृत्युको कारण बारे नर्भिक अस्पतालको आधिकारिक धारणा आउन बाकी । अस्पताल स्रोतका अनुसार उनलाइ मृत अवस्थामा अस्पताल ल्याइएको थियो । शोकाकुल परिवारमा हार्दिक समवेदना ।
— Vijay Kumar Panday (@Vijaykumarko) November 19, 2017
– Annapurna_Post