११ बैशाख २०८१, मंगलवार
Follow Us

सर्लाहीमा महिलामाथि गोली प्रहार

sarusaru
३ मंसिर २०७४, आईतवार ०६:३७

मंसिर ३, २०७४-अज्ञात समूहले आइतबार बिहान साँढे ४ बजे हानेको गोली लागि सर्लाही रामनगर वोहोर्वा ४ की एक महिलालाई गम्भीर घाइते भएकी छिन् ।
आफ्नो कोठामा सुतिरहेकी गिरिजाकुमारी साहलाई गोली लागेको प्रहरीले जनाएको छ । ढोकामाथिको प्वालबाट परिवारसहित सुतिरहेको ठाउँमा गोली हानिएको थियो । साहको बायाँ छातीमा गोली लागेको छ । उनलाई उपचारार्थ वीरगंज पठाइएको प्रहरी उपरीक्षक मसाउद आलम खाँले बताए । चिनेजानेकै ब्यक्तिले गोली चलाएको हुन सक्ने प्रहरीको अनुमान छ ।

– कान्तिपुरबाट