७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रकाशको पार्थिव शरीर पेरिसडाँडामा, अन्त्यष्टि ४ बजेपछि पशुपति आर्यघाटमा

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७४, आईतवार ०७:११

काठमाडौं । दिवंगत प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा राखिने भएको छ । दिउँसो साढे १ बजेदेखि श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिने र अपराह्न्न ४ बजेपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । प्रचण्ड पुत्र दाहालको आइतबार विहान असामहिक निधन भएको थियो । प्रकाशको निधनको खबर पाएलगतै आफन्तहरू र राजनीतिक दलका नेताहरू काठमाडौं केन्द्रित भएका छन् ।