१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सेनाद्वारा बम निष्कृय

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७४, आईतवार १०:१२

धादिङ । जिल्ला निर्वाचन कार्यालय परिसरमा अज्ञात समूहले राखेको सकेट बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ । मतदान सामग्री लिन जाँदा बिहान कर्मचारीले बोरामा पोको पारेर राखेको शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर पाएलगत्तै गजुरीस्थित देविदत्त गणको सेनाको टोलीले बम निष्कृय पारेको हो ।
जिल्ला निर्वाचन कार्यालयको भवन भूकम्पले गर्दा भत्केपछि हाल नीलकण्ठ नगरपालिका– ३ धादिङबँसीस्थित पुछार बजारमा भाडामा सञ्चालन गरिँदै आएको छ । बम कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताउनुभयो ।