१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रत्नपार्कमा बायोग्यास प्लान्ट

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७४, आईतवार १०:२४

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज रत्नपार्कमा बायोग्यास प्लान्टको शिलान्यास गर्नुभएको छ । ५औँं विश्व चर्पी दिवसको अवसरमा रत्नपार्कको सार्वजनिक शौचालयबाट बायोग्यास उत्पादन गर्ने उद्देश्यका साथ प्रमुख शाक्यले आज बायोग्यास प्लान्टको शिलान्यास गर्नुभएको हो । सार्वजनिक शौचालयबाट उत्सर्गन हुने फोहोर पानीको उचित व्यवस्थापन र शौचालयलाई स्वच्छ बनाउनका लागि बायोग्यास प्लाट निर्माण गर्न लागिएको शाक्यको भनाइ छ ।

रत्नपार्कको बायोग्यास प्लाट एरोसान र गुठीको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको हो । प्लान्ट निर्माणका लागि ६ लाख खर्च हुने महानगरले जनाएको छ । रत्नपार्कको बायोग्यास प्लान्टबाट उत्पादन हुने ग्यास खाना पकाउन र बत्ती बाल्न प्रयोग गर्ने बताइएको छ ।

सफा सहर बनाउने अभियानअन्तर्गत कामपाले शहरलाई हराभरा बनाउनका लागि दुबो, बिरुवा, फूल रोप्ने कार्य शुरु गरिसकेको र निजी सहकार्यमा तीन सय सार्वजनिक शौचालय निर्माण गर्ने उहाँले जानकारी दिनुभयो । उक्त प्लान्ट दुई महिनाभित्र बनाइसक्ने र प्लान्टबाट मासिक रुपमा पाँच सिलिण्डरसम्म ग्यास उत्पादन हुने वातावरण व्यवस्थापन विभागका प्रमख रविनमान श्रेष्ठले जानकारी दिनुभयो । प्लान्टबाट निस्केको लेदोलाई कम्पोष्ट मल बनाउने योजना रहेको छ ।