१५ चैत्र २०८०, बिहीबार
Follow Us

वरिष्ठ साहित्यकार डा. कविताराम श्रेष्ठको निधन

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७४, आईतवार २०:२६

लन्डन । लामो समय देखि क्यान्सर रोगबाट पीडित एक जना वरिष्ठ साहित्यकार डा. कविताराम श्रेष्ठको निधनप्रति बुद्ध फाउण्डेशन यूकेले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ ।

फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठले आइतबार एक शोक वक्तव्य जारी गर्दै बुद्ध फाउन्डेशन यूकेका सल्लाहकार डा. श्रेष्ठको असामयिक निधनपछि संस्था र समग्र नेपाली साहित्य एवं देशले होनहार व्यक्तित्व गुमाएको उल्लेख गरेका छन् । डा. श्रेष्ठ लुम्बिनी कपिलवस्तु डे अभियानका संस्थापक पनि हुन् । बुद्धका जीवनीमा आधारित अनुसन्धनात्मक उपन्यासका लेखक श्रेष्ठ ‘बुद्धको जन्मस्थान नेपाल’ रहेको प्रचार प्रसार गर्ने अभियानमा खुबै समर्पित थिए ।

‘श्रेष्ठ अन्तिम अवस्थासम्म पनि नेपाली साहित्य र मातृभूमिका लागि चिन्तित भइरहनुभयो’, श्रेष्ठले श्रद्धाञ्जलि अर्पण गर्दै भनेका छन्, ‘प्रवासमा रहेर उहांले अभिभावकका रुपमा हामीलाई लगाउनुभएको गुण र योगदान मानसपटलमा सधैं रहिरहनेछ ।’

अक्सिजन साथमा लिएर पनि श्रेष्ठ साहित्यिक गतिविधिमा सरिक भइरहन्थे । उनका नेपाली तथा अंग्रेजीका कयौं कृति प्रकाशित छन् ।

उनलाई शनिबार चिन्ताजनक अवस्थामा लन्डनको सेन्ट पिटर हस्पिटल भर्ना गरिएको थियो