१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली इन्जिनियर समाज युकेद्वारा अन्तरक्रिया कार्यक्रम

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७४, आईतवार २०:३०

लन्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूके (सोने यूके) ले एक दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम ‘मिसन पोसिबल’ (प्रोजेक्ट एप्रोच टु प्रोग्रेस मोनिटरिङ) सम्पन्न गरेको छ ।

नोभेम्बर १८ तारिख शनिबार लन्डन ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा कार्यक्रम भएको हो । कार्यक्रममा बेलायतका विभिन्न शहर लन्डन, डार्टफोर्ड, मेडस्टोन, आसफोर्ड, रेडिङ, साउथहयाम्टन, बेडफोर्ड, कोल्चेस्टर लगायतबाट उल्लेख्य सहभागिता थियो । ३० जना विभिन्न क्षेत्रका इन्जिनियर सहभागी उक्त कार्यक्रममा क्रसरेल प्रोजेक्ट्का वरिष्ठ इन्जिनियर विजय बज्राचार्यले तालिम प्रदान गरेका थिए ।

कार्यक्रम संयोजक तथा सोने यूकेका कार्यकारिणी सदस्य बेद भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रममा सहभागीलाई प्रोजेक्ट कन्ट्रोल, प्रोजेक्ट मोनिटरिङ लगायतका क्षेत्रमा ग्रुप विभाजन गरी अन्तरक्रिया गरिएको थियो । कार्यक्रमको अन्त्यमा प्रशिक्षक तथा सहभागीहरुलाई सोने यूकेका अध्यक्ष घनश्याम पौडयालले प्रमाणपत्र प्रदान गरे । कार्यक्रम समापन अघि सहभागीले सराहनीय र अति उपयोगी तालिम सञ्चालन गरेको भन्दै सोने यूके टिमलाई धन्यवाद दिएका थिए ।