१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दाहालको निधनप्रति एनआरएनद्धारा दुःख व्यक्त

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७४, आईतवार २३:४७

लण्डन । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालका पुत्र प्रकाशन दाहालको निधनप्रति गैरआवासीय नेपाली संघले दुःख व्यक्त गरेको छ । संघका प्रवक्ता भुषण घिमिरेले आइतवार एक विज्ञप्ति जारी गर्दै दाहालको निधन प्रति दुःख व्यक्त गर्दै घटनाप्रति गहिरो शोक प्रकट गर्दै हार्दिक श्रध्दाञ्जली अर्पण गरेका छन् ।
विज्ञप्तिमा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ूप्रचण्डू का पुत्र प्रकाश दाहालको अल्पायुमा आज विहान असामयिक निधन भएको दुखद खबरले स्तब्ध बनाएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद यस दुखद घटनाप्रति गहिरो शोक प्रकट गर्दै हार्दिक श्रध्दाञ्जली अर्पण गर्दछ ।
संघ, स्वर्गीय दाहालको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै उहाँका परिवारजनलाई यस शोकको घडीमा धैर्यधारणा गर्ने शक्ति प्राप्त होस् भनी हार्दिक समवेदना प्रकट गरिएको छ ।