८ बैशाख २०८१, शनिबार
Follow Us

काङ्ग्रेस उम्मेद्वारको गाडीमा बम विष्फोट

sarusaru
४ मंसिर २०७४, सोमबार ०४:३६

४ मंसिर, सिमरा । बाराको सिमरामा नेपाली कांग्रेसका उम्मेदवार चढ्ने गाडीमा प्रेसर कुकर बम बिष्फोट भएको छ । बारा क्षेत्र नम्बर ४ (क) का नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार ओमकृष्ण कार्की चढ्ने गाडीमा बिहान बम विस्फोट भएको हो ।

सोमबार बिहान साढे पाँच बजे भएको बम विष्फोटका कारण बा १४ च ६६३३ नम्बरको गाडिमा क्षति पुगेको छ ।

सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालय पछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको गाडीमा बम विस्फोट भएको इलाका प्रहरी कार्यालयका सिमराका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए ।

बम विष्फोट गराउनेको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

२०७४ मंसिर ४ गते प्रकाशित

– अनलाइन खबरबाट ।