१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सुरक्षा प्रवन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन

नेपालब्रिटेन डट कम्
४ मंसिर २०७४, सोमबार १२:१५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नजिकिँदै गएको निर्वाचनलाई मध्यनजर गरेर सुरक्षा व्यवस्थामा कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । उहाँले निर्वाचनको समयमा बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई मतदाताहरुलाई ढुक्क भएर मतदान गर्न पाउने वातावरण निर्माण गर्न निर्देशन दिनुभएको हो ।
सोमबार गृहमन्त्रालयमा आयोजित प्रदेश नम्बर ३ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनमा हुने बुथ कब्जा लगायतका अवाञ्छित गतिविधिलाई निरुत्साहित गर्न निर्देशन दिनुभयो । उहाँले सुरक्षा व्यवस्थालाई सदृढ बनाउन पनि ढिलाई गर्न नहुनेमा जोड दिनुभयो । उहाँले चेन अफ कमान्ड भित्रै रहेर निर्वाचनमा उच्च सुरक्षा सतर्कता अपनाउन समेत निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्वाचनविरोधि गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता, कार्यकर्तालाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न समेत निर्देशन दिनुभएको थियो ।