७ बैशाख २०८१, शुक्रबार
Follow Us

मन्त्रीले खुला ठाउँमा पिसाब गर्दै गरेको भिडियो सार्वजनिक

sarusaru
५ मंसिर २०७४, मंगलवार ०२:०८

५ मङ्सिर २०७४ , खुला ठाउँमा सौच गरिरहेको अवस्थामा भारतका एकजना मन्त्री भेटिएपछि चौतर्फी आलोजनाका शिकार बन्न पुगेका छन्।

महाराष्ट्रका जल संशोधन राज्यमन्त्री राम शिन्धे फिल्ड भ्रमणको क्रममा खुला ठाउँमा पिसाव गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

सरकारले ‘स्वच्छ भारत अभियान’ सञ्चालन र नागरिकलाई चर्पीको प्रयोग गर्न आग्रह गरिरहेका बेला मन्त्रीले नै खुला ठाउँमा सौच गरेको भेटिएपछि चौतर्फी आलोचना भएको हो।

उनी शिन्धे सरकारमा रहेकै भारतीय जनता पार्टीका मन्त्री हुन् । राज्यमन्त्री शिन्धेले भने आफू फिल्डमा हिँडेको र चर्पी नभेट्टाएकाले खुला ठाउँमा नै पिसाव गरेको प्रतिक्रिया दिएका छन्। उनी केही महिनादेखि महाराष्ट्रका विभिन्न ठाउँमा रहेका सिंचाई आयोजनाको स्थलगत निरीक्षणमा हिँडेका थिए।

उक्त भिडियो भाइरल भएपछि कंग्रेसले भनेको छ, ‘कसरी प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकलाई अनुशासनको पाठ पढाउन सक्छन् जब आफ्नै मन्त्रीहरु अनुशासित छैनन् ?’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा ‘स्वच्छ भारत’ अभियान सुरु गरेका थिए। यसमा थुप्रै बलिउडका कलाकारहरुले समेत सहयोग गरेका थिए। मोदीले भारत सरकारले लाखौं चर्पी बनाइदिने घोषणा गरेपनि विज्ञहरुका अनुसार मोदीको अभियान प्रभावकारी रुपमा अगाडि बढेको छैन।
– डिसी नेपालबाट ।