१५ चैत्र २०८०, बिहीबार
Follow Us

साहित्यकार कविताराम श्रेष्ठको निधन

sarusaru
५ मंसिर २०७४, मंगलवार ०३:२४

संयुक्त अधिराज्य बेलायतबाट साहित्यकार डा. कविताराम श्रेष्ठको दुखद निधनको समाचार आइपुगेको छ | नोभेम्वर १५ तारीखको दिन आफ्नो फेसबुकमा अन्तिम दुई शब्द ‘अहं ब्रम्हास्मी !’ लेखेर आफ्नो मृत्युको पूर्वाभास गरिसकेका श्री श्रेष्ठ केही समयअघिदेखि सघन उपचार कक्षमा चिन्ताजनक स्थितिमा थिए |
केही वर्षअघि उनीलाई ब्लडक्यान्सर भएको ज्ञात भएको थियो |
उनको निधनको पुष्टी उहाँका नजिकका मित्र कथाकार शैलेन्द्र साकारले दिएका छन् ।
सत्तरी वर्षीय श्रेष्ठका कालो कथा, मुक्ति प्रसङ्गका अस्वीकृत कथाहरू, विघटन आदि कथा, उपन्यासहरू प्रकाशित छन् |श्रेष्ठ नेपाली साहित्यमा बुटपालिस अभियानमा संग्लग्न भई हाल अस्वीकृत जमातका अग्रणीको रुप मा थिए |

– शब्दपथबाट ।