१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेता विमलेन्द्र निधि अस्पताल भर्ना

नेपालब्रिटेन डट कम्
५ मंसिर २०७४, मंगलवार ०३:२८

काठमाडौं । छातीमा समस्या देखिएपछि नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि हिजो सोमबार राजधानीको चाबहिलस्थित ओम अस्पतालमा भर्ना हुनुभएको छ । श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना हुनुभएका नेता निधिलाई छाती रोग विशेषज्ञ डा सुबोध सागर ढकालसहितको चिकित्सक टोलीले उपचार गरिरहेको छ ।
चिकित्सकले उहाँलाई श्वास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले निमोनिया हुनसक्ने आशंका गरेको अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले जानकारी दिनुभयो ।
निधि हिजो अपराह्न ४:३० बजे अस्पताल पुग्नुभएको थियो । जनकपुरमा चुनाव प्रचारप्रसार गर्ने क्रममा श्वास फेर्न गाह्रो भएपछि उहाँ हिजो नै काठमाडौं आउनुभएको थियो ।
मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता निधि धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवारी दिनुभएको छ ।