१६ चैत्र २०८०, शुक्रबार
Follow Us

जापान र कोरिया पठाइदिने प्रहरी खोरमा

नेपालब्रिटेन डट कम्
५ मंसिर २०७४, मंगलवार ०३:३०

काठमाडौं । विदेश पठाई दिन्छु भनी विभिन्न व्यक्तिबाट ठगी गर्ने सञ्जीवकुमार प्रसाद साहलाई प्रहरीले ग्वार्कोवाट पक्राउ गरेको छ ।
सर्लाही स्थायी घर भएका साहले जापान र कोरिया पठाइदिने प्रलोभनमा नखिपोट बस्ने भीमकुमार माबोबाट रु दुई लाख, हरिसिद्धी बस्ने सुरेन्द्र नेम्वाङबाट रु दुई लाख ५६ हजार, काठमाडौँ बौद्ध बस्ने धनलक्ष्मी थापाबाट रु दुई लाख ५६ हजार र लालबहादुर लिम्बूबाट रु बीस हजार ठगी गरेको पाइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता नरेन्द्र चन्दले बताउनुभयो ।
कृषि कार्यालय खुमलटारको प्रमुख भएको नाटक गरेर निजबाट ठगी गरेको पाइएको प्रवक्ता चन्दले बताउनुभयो । ग्वार्कोस्थित सत्य गेष्ट हाउसको कोठाबाट ठगी गर्ने साहलाई रु दुई लाख सात हजारसहित पक्राउ गरिएको पनि उहाँले जानकारी दिनुभयो । साहलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो ।