१५ चैत्र २०८०, बिहीबार
Follow Us

चुनावमा एक अर्कालाई जिताउन सहयोग गर्ने ; कमल थापा र बाबुराम

sarusaru
५ मंसिर २०७४, मंगलवार ०५:०५

काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधानमन्त्री कमल थापाले चुनावमा एक अर्कालाई जिताउन सहयोग गर्ने भएका छन्।

गोरखाको निर्वाचन क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दिएका नयाँ शक्तिका संयोजक भट्टराई र मकवानपुरको क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दिएका राप्रपाका थापाबीच चुनावी तालमेल भएको हो।

तालमेल अनुसार अब बाबुरामले मकवानपुरमा र थापाले गोरखामा चुनाव जिताउन सहयोग गर्ने छन्। नयाँ शक्तिका राजनीतिक सम्बाद समितिका संयोजक देवी प्रसाद ओझा र राप्रपाका उपाध्यक्ष वुद्धिमान तामाङले संयुक्त विज्ञप्ति जारी गर्दै चुनावी तालमेलको घोषणा गरेका हुन्।

विज्ञप्तीमा भएको छ, ‘गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेद्वार बाबुराम भट्टराई राप्रपाले विजय गराउन सहयोग गर्ने तथा मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेद्वार भएका राप्रपाका अध्यक्ष थापालाई नयाँ शक्ति पार्टीले सघाउने सहमति भएकाले उक्त निर्णय अनुसार मतदातामा सहयोग गरिदिन हार्दिक अपिल गरिन्छ।’
– डिसी नेपालबाट ।