१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रा. पिताम्बर शर्मा लण्डनमा

नेपालब्रिटेन डट कम्
५ मंसिर २०७४, मंगलवार १३:०४

बेलायत-नेपाल प्रज्ञा परिषदको निम्तोमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा. पिताम्बर शर्मा लण्डन आइपुग्नुभएको छ । बेलायत-नेपाल प्रज्ञा परिषदकोतर्फबाट सोमबार बेलुका उहाँलाई हिथ्रो विमानस्थलमा अक्सफोर्ड विश्वविद्यालयमा डिफिलकी छात्रा क्याथरिन फिसरले स्वागत गरेकी थिइन्।
प्रा शर्माले यही बिहीबार २३ नोभेम्बर बेलुका परिषदद्वारा स्कुल अफ ओरियण्टल एण्ड अफ्रिकन स्टडीज (सोआस) मा आयोजित एक समारोहमा १५ औं वार्षिक नेपाल प्रवचन दिनुहुनेछ। ‘नेपालको सङ्घीयता र विकास रणनीति’ विषयमा प्रा. शर्माले राख्नेन मन्तव्य नेपालको संविधान २०१५ अनुसार पहिलोपटक संघीय संसद तथा प्रान्तीय विधानसभाहरुको चुनाव भैरहेका बेला निकै उपयोगी हुने आयोजक संस्थाले जनाएको छ।
“स्थानीय संरचना र शासन व्यवस्थालाई व्यवहारिक कार्यन्वयन कसरी गर्ने भन्ने विषयमा अध्ययनरत उच्चस्तरीय समितिका अध्यक्षसमेत रहेका योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. शर्माका अनुसन्धान र अनुभवबाट खारिएका सारगर्भित विचार सुन्ने र छलफल गर्ने मौका यसपालीको नेपाल प्रवचनले जुटाइ दिएको छ । आशा छ बेलायतका नेपाली र नेपालसम्बन्धी चासो राख्ने प्रवुद्ध व्यक्तिहरूले यो अवसरको सदुपयोग गर्नु हुनेछ,” बेलायत-नेपाल प्रज्ञा परिषदका महासचिव डा कृष्ण अधिकारीले भन्नुभयो । कार्यक्रम सबैकालागि खुला रहेको र रिसेप्सन ५.३० बजे (साँझ) तथा प्रवचन एवम् प्रश्नोत्तर ६.३०-८.०० बजेसम्म हुने आयोजक संस्थाले जनाएको छ।

थप जानकारीकालागि:
Website: www.bnac.ac.uk https://www.facebook.com/BNAC.UK https://twitter.com/BNAC2014