१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘सर्वोच्च अदालतमा बम राखिएको भन्ने हल्ला मात्र’

नेपालब्रिटेन डट कम्
५ मंसिर २०७४, मंगलवार १३:२०

काठमाडौं । सर्वोच्च अदालतमा आज बम राखिएको भन्ने हल्ला मात्र भएको पुष्टि भएको छ । सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले सर्वोच्च अदालत परिसरमा आज बम राखिएको भन्ने हल्ला मात्र भएको बताउनुभएको हो । प्रवक्ता पन्थीले भन्नुभयो, “अपहन्न १२ : १५ बजे प्रधानन्यायाधीशको सचिवालयमा फोन आयो, पुनः १२ः२३ बजे मलाई फोन आयो, भूलबस बम राखिएकाले सर्तक रहनुहोला भनिएको थियो ।”

उहाँले बम राखिएको हल्लापछि इजलासहरु पनि सबै बन्द गरिएको र प्रहरीद्वारा बम फेला नपरेपछि बम राखिएको भन्ने हल्ला मात्र भएको जानकारी दिनुभयो ।

प्रवक्ता पन्थीमा अनुसार नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्ताले अयन्त्र बम राख्ने भन्दा भूलबस त्यहाँ राखिएको भन्ने फोनमा आएको थियो ।

सुरक्षाकर्मीले अदालत परिसरमा अनुसन्धान गर्दा कुनै पनि बम फेला नपरेको जानकारी दिएको समेत प्रवक्ता पन्थीले बताउनुभयो ।

बम राखिएको भन्ने हल्लापछि आजका सम्पूर्ण अदालती काम कारबाहीहरु प्रभावित भएका थिए ।