११ बैशाख २०८१, मंगलवार
Follow Us

चुनाव शान्तिपूर्ण गराऊ : बेलायत

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७४, बुधबार ०४:२४

नेपालस्थित बेलायती दूतावासले आसन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकार, सुरक्षा निकाय तथा सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै दूतावासले निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न स्थानमा हिंसा भडकिएको भन्दै कसैको पनि मताधिकार हनन नगर्न हिंसा भड्काउने पक्षलाई आग्रह गरेको छ । बेलायतले हिंसा भड्कन नदिन अन्तर्राष्ट्रिय तथा राष्ट्रिय नियमअनुसार परिचालित भई सुरक्षा दिन सुरक्षा निकायलाई समेत आग्रह गरेको छ ।