१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अनेसासको उत्कृष्ट पुस्तक धरावासीको ग्रेट फल्स

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७४, बुधबार ०५:३९

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले नेपाली साहित्य विविध विधामा लेखिएको उत्कृष्ट पुस्तकलाई प्रदान गर्ने गरेको अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१७ को नतिजा सार्वजनिक गरेको छ ।
उपन्यासकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तकका रुपमा घोषित भएको छ । सर्वोत्कृष्ट पुस्तक पुरस्कारको राशि १ हजार ५ सय डलर रहेको छ ।
अनेसास डा. श्याम कार्की, इन्दिरा कार्की सर्वोत्कृष्ट डायस्पोरिक पुस्तक पुस्कार उपन्यासकार मीनराज वसन्तको मुदिर उपन्यासले प्राप्त गर्ने भएको छ । यस पुरस्कारको राशि ५ सय डलर रहेको छ ।
अनेसास रोहिणी शर्मा-सीता शर्मा सर्वोत्कृष्ट डायस्पोरिक नारी पुरस्कार भारती गौतमको अमेरिकामा आमा शीर्षकको उपन्यासलाई प्रदान गरिने भएको छ ।
अनेसास सर्वोत्कृष्ट नारी साहित्य पुरस्कारका लागि यस वर्ष पद्मावती सिंहको निःशब्द यात्रा उपन्यास सिफारिस भएको छ । बोर्ड अफ ट्रस्टी सुमन तिमिल्सनाले स्थापना गर्नुभएको यस पुरस्कारको राशि ४ सय अमेरिकी डलर रहेको छ ।