१३ बैशाख २०८१, बिहीबार
Follow Us

ट्युसन पढ्न हिँडेकी युवतीको अपहरण गरी सामूहिक बलात्कार

sarusaru
६ मंसिर २०७४, बुधबार ०६:०८

भारतको हनुमाननगरस्थित आदमपुर भन्ने ठाउँमा बिहान ट्युसन पढ्न घरबाट हिँडेकी एक छात्राको अपार्टमेन्टमा बन्धक बनाएर पाँच दिनसम्म लगातार बलात्कार भएको छ। युवती बिहान पाँच बजेतिर ट्युसन पढ्नका लागि घरबाट निस्किएकी थिइन्। मनिष नाम गरेका एक व्यक्तिले हिँडिरहेकी युवतीलाई जर्बजस्ती अपहरण गरी कारमा हालेका थिए।

१२ कक्षामा पढ्दै आएकी किशोरी बिहान ट्युसन पढ्न जाँदा बाटोमै उनको अपहरण भएको थियो। अपहरण गरेका व्यक्तिले उनलाई एक अपार्टमेन्टमा बन्धक बनाएका थिए। अपार्टमेन्टमा बन्धक बनेकी किशोरीमाथि मनिष नाम गरेका युवकर उनका साथीले बेहोर बनाएर हरेक दिन बलात्कार गर्दै आएका थिए।

उनीहरुले किशोरीको नोभेम्बर १९ मा अपहरण गरेका थिए। एक दिन मनिष नसामा लठ्ठिएका बेला किशोरीले त्यहाँ बाट भागेर आफ्नो ज्यान बचाएकी थिइन्। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

– डिसी अनलाइनबाट ।