७ बैशाख २०८१, शुक्रबार
Follow Us

जन्मथलोमा घरदैलो गर्दै कांग्रेस उम्मेदवार

sarusaru
६ मंसिर २०७४, बुधबार ०६:३०

बागलुङ, नेपाली काँग्रेस क्षेत्र नं १ (२) को चुनावी प्रचार तथा घरदैलो कार्यक्रम पैयुँपाटामा सम्पन्न भएको छ । काँग्रेसका उम्मेदवार चम्पादेवी खड्का र प्रकाश पौडेल मंगलबार आफ्नै जन्मभुमि पैयुँपाटाका घरदैलो कार्यक्रममा व्यस्त रहेका छन । साविको पैयुँपाटा ७ पाग्जा, बास्कोट, हुँदै सुरु गरिएको घरदैलो अभियान घडेरी, चिसाखोला, काभ्राबोट जलजला लगातयतको स्थानमा मतदाताको घर घरमा उम्मेदवार द्धय चम्पा देवी खड्का र प्रकाश पौडेल आफ्नो पक्षमा मत माग्दै हिडिरहेका छन । घरदैलो अभियानको क्रममा बास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बागलुङ क्षेत्र नंं १ का प्रतिनिधि सभाका उम्मेदवार चम्पा देखी खड्काले आफु जन्मेको गाउँको विकासका निम्ती अहोरात्र खटने बताएकी छन् ।
उनले आफ्नो चेलीलाई यस क्षेत्रको विकास गर्ने मौका दिनका लागि रुख चिन्हमा मतदान गरी एउटा अवसर प्रदान गर्नका लागि आग्रह गरिन । खड्काले प्रदेश सभाका उम्मेदवार प्रकाश शर्मालाई देखाउँदै भनिन, उहाँ पनि यहीको छोरा हो म पनि यहीको छोरी हो छोरा छोरीलाई कुन स्थानमा राख्ने त्यो जिम्मेवारी यहाँको हातमा छ । खड्काको माईति घर र पौडेलको जन्मघर पैयुँपाटामा नै हो । त्यसै गरी प्रदेश सभाका उम्मेदवार प्रकाश शर्मा पौडेलले काँग्रेस आर्थिक समृद्धिको पक्षमा लागेको कारण स्थानिय कृषी उत्पादन, र प्रवद्र्धनका लागि आफुले फरक खालको योजना बनाएको बताए । उनले पैयुँपाटा आफ्नो जन्म थालो पनि भएका कारण यहाँका पुर्वाधार विकास निम्ती हरेक क्षेत्रबाट पहल गर्ने बताए । पौडेलले भने तपाईको छोरा र छोरीलाई समाजको विकास गर्ने भौका दिनुहोस केही गर्न सकिएन भने गालि गर्न पनि सक्नुहुनेछ उनले यस क्षेत्रको विकासको बतावरण मिलाउनका लागि आगामी निर्वाचनमा काँग्रेसको पक्षमा भोट दिनका लागि आग्रह गरे कार्यक्रममा महासमिति सदस्य किरणराज पौेडेलले देशको विकास र निकासका निम्ती नेपाली काँग्रेसलाई बिजयी गराउनुपर्ने बताए । त्यसै गरी नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदीले विशेष गरी समाज विकासको मेरुदण्ड भनेको युवाहरु रहेका कारण आम युवाहरुको काँग्रेसलाई साथ रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस पैयुँपाटाका सभापति चन्द्र बहादुर खत्री, लगायतले सबै मतदातालाई काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । बास्कोटका टोल संयोजक सुरज रिजालको अध्यक्षता वडा सदस्य भवानी प्रसाद रिजालको स्वागत र काँग्रेस पैयुँपाटाका उपसभापति नरप्रसाद रिजालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । यस्तै प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा नेपाली काग्रेसकाले चुनावी अभियान तिव्र पारेको छ । नेपाली काग्रेसको तर्फबाट प्रतिनिधि सभा तथा प्रदेश सभाको क्षेत्र न १ का उम्मेदवारहरुले काठेखोला गाउँ पालिका १ चनौटे र दोबिल्लामा घरदैलो एवं चुनावी अभियान गरेको छ ।घरदैलो कार्यक्रममा प्रदेश सभा क्षेत्र न १ क का उम्मेदवार एवं नेपाली काग्रेसका सभापति दिपेन्द्रबहादुर थापाले गाउँठाउको विकास नै आफनो पहिलो प्राथमिकता हुने बताए । गाउ टोलको शिक्षा, स्वास्थ्य, रोजगार,आर्थिक समृद्धि र समग्र विकासको लागि आफनो उम्मेदबार रहेकोले विजयी हुनेमा ठुक्क रहेको बताउदै सबैको सहयोग र साथले नै नेपाली काग्रेस अगाडि बढेको र आगाामी दिनमा पनि थप लाग्ने उनले बताए ।
घरदैलो कार्यक्रममा महाधिबेशन प्रतिनिधि अम्मरबहादुर कार्की, जिल्ला सदस्य खिमानन्दा पौडेल,वडा अध्यक्ष खडक थापा,नेविसघंका नेता बिष्णु पौडेल,क्षेत्रीय सदस्य प्रकाश राना,भुपु सैनिक सघंका अध्यक्ष क्याप्टेन हरिबहादुर भण्डारी क्षेत्रीय प्रतिनिधि नवराज थापा,क्रियाशिल सदस्य ससिला थापा,रनबहादुर थापाको सहभागीता रहेको थियो । उता जिल्लाको कुश्मीशेरामा कांग्रेस कार्यकर्ताहरुले घर दैलो गरेका छन् । आफनो पार्टिका उम्मेदवारलाइ जिताउन घरदैलो गरीएको उनिहरुले बताए । उम्मेदवार सहितको टोलीले पटक पटक घरदैलो गरेको भए पनि कांग्रेस प्रति आस्था राख्ने मतदाताहरुलाइ स्थिर राख्न र पार्टिलाइ सहयोग गर्न आँफुहरुले उम्मेदवार बिनाकै घरदैलो गरेको कांग्रेस पुर्प क्षेत्रीय सचिव बिष्णु आचार्यले बताए ।

– जनमञ्च बाट ।