७ बैशाख २०८१, शुक्रबार
Follow Us

झापाका सडक अफ्रिकन ब्यूटीको गालाजस्तो बन्ने

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७४, बुधबार ०८:०३

विर्तामोड । झापा क्षेत्र नं. १ का वामपन्थी उम्मेदवार राम कार्कीले झापाका सडक अफ्रिकन सुन्दरीको गालाजस्तै बनाउने चुनावी नारा अघि सारेका छन् । उनले कांग्रेसका प्रतिद्वन्द्वी विश्वप्रकाशबारे ती भाइले गाउँमा घुमेर के गर्ने ? भनेर खिसी पनि गरे । वाम गठबन्धनका उम्मेदवार कार्कीको चुनावी प्रचारशैली देखेर झापालीहरु नयाँ हाम जायगा (जोक्स मास्र्टस) को उदय भएको चर्चा गर्न थालेका छन् ।
माओवादी नेता कार्की र कांग्रेस युवा नेता विश्वप्रकाश शर्मावीच प्रतिस्पर्धा भइरहेको छ । यो क्षेत्र विश्वप्रकाशको घरगाउँ हो ।
माओवादी नेता कार्कीले तपाईंहरु हामीलाई भोट दिनुस् वामपन्थीको सरकार बनाउनुस् भन्दै ५ वर्षभित्रमा मजदुरहरुको तलब दोब्बर वृद्धि गर्ने र ग्राभेल सडकलाई ‘अफ्रिकन ब्यूटी’ को गालाजस्तै पोटिलो, चिल्लो बनाइदिने बताए । राम कार्कीले आफूले बोलेको कुरा ढुंगे अक्षर हो उनले भने, ‘कांग्रेसका नेता भन्छन् चियाको बोटमै जन्मिएको हुँ, तर म आमाले जन्माएको मान्छे, ५–६ महिना समय लाग्ला, तर मैले बोलेको कुरा पूरा गर्छु । सरकार कम्युनिष्टको बन्छ, मैले जितेमात्र मात्र सडक अफ्रिकन सुन्दरीको गालाजस्तो बन्ने छ, झापा सुन्दर र शान्त हुनेछ ।’