१३ बैशाख २०८१, बिहीबार
Follow Us

आइएमईका व्यवसायिक साझेदार रारा भ्रमणमा

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७४, बुधबार ०८:३६

काठमाडौं । आफ्ना दशजना उत्कृष्ट व्यवसायिक साझेदारहरुलाई आइएमईले सुदुरपश्चिमस्थित मुगुमा अवस्थित रारा तालको भ्रमण गराएको छ । ८ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष २०७३÷७४ मा दिइएको व्यवसायिक साझेदारमूखी ब्यापार प्रवद्र्घनात्मक कार्यक्रमअन्तर्गत उत्कृष्ट दश व्यवसायीक साझेदारहरुलाई छनोट गरिएको थियो ।
मुलुकको आन्तरिक पर्यटनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ आफ्नै देशभित्रको गन्तब्य निर्धारण गरी भ्रमण गराइएको हो । भ्रमण टोलीको नेतृत्व आइएमईका अधिकृतद्वय ईश्वर अधिकारी र रमेश बुढाथोकीले गर्नुभएको थियो ।
आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७ औं वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ६० आईएमई सेन्टरसहित ७५ जिल्लाका ६ हजार ८ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षिततवरबाट वितरण गर्दै आइरहेको छ ।