१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कपिलवस्तुवासीलाई ओलीको यस्तो आश्वासन

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७४, बुधबार १४:२०

कपिलवस्तु । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको विकास नीति देखेर नेपाली काँग्रेस आत्तिएको बताउनुभएको छ । कपिलवस्तु क्षेत्र नं ४ को जितपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आधुनिक स्मार्ट सिटीको निर्माण, गरिब जनतालाई आवास, पूर्वपश्चिम रेल चलाउने काम गर्न बजेट छुट्ट्याएर काम गर्न नपाउँदै काँग्रेसले अत्तालिएर सरकार ढालेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, “मेरो नेतृत्वको सरकारले चीन तिर जाने बाटो खोल्यो, अब नेपालका सामग्री चीन जान सक्ने भए, कसैले नाकाबन्दी लगाउन नसक्ने भए नेपालीको चुलो अब कसैले बल्न नदिने अवस्था रहेन त्यसैले आत्तिएर सरकार ढालियो ।”