१३ बैशाख २०८१, बिहीबार
Follow Us

सानिमा र सहाराबीच सम्झौता

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७४, बुधबार १४:३७

काठमाडौं । सानिमा बैंक लिमिटेड र सहारा नेपाल बिच रेमिटयान्स सेवा सम्झौता भएको छ । उक्त सम्झौताअन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेसमार्फत नेपालभरि तथा विदेशबाट पठाएको रकम सहारा नेपालको ६० शाखा कार्यालयहरु र नेपालभरि रहेका ७ हजारभन्दा बढी सञ्जालमार्फत सजिलै भुक्तानी लिन सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र सहारा नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले हस्ताक्षर गर्नुभएको हो । सानिमा एक्सप्रेसले आन्तरिक रेमिटयान्स सेवाका साथै यूएई, कतार, यूके, कोरियालगायत विश्वभरबाट रेमिटयान्स सेवा उपलब्ध गराउँदै आएको छ । सानिमा बैंकको हाल ४७ शाखा, १ एक्सटेन्स काउन्टर र ५३ एटिम रहेको छ ।