१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनएका उपाध्यक्ष कुल आचार्यलाई जन्मगाउँ धाईरिङमा सम्मान

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७४, बुधबार १९:००

गैरआवाशिय नेपाली संघ आइसीसीका नवनिर्वाचित उपाध्यक्ष कुल आचार्यले सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीको शैक्षिक गुणस्तरबृद्धिका साथै भौतिक पूर्वाधार विस्तारमा निरन्तर सक्रियता देखाउने बताएका छन् । बुधबार पर्वतको जलजला गाउँपालिका–७ धाईरिङमा छात्रबृद्धि वितरण तथा सम्मान कार्यक्रममा बोल्दै आचार्यले आफ्नो समस्या सम्झिएर जन्मगाउँ धाईरिङ, माझँफाटको मल्लाज लगाएत देशका विभिन्न जिल्लामा रहेका सामुदायिक विद्यालयमा सहयोग गरेको बताए ।

विद्यालयमा स्वर्गीय पिता धर्म आचार्यको स्मृतिमा आचार्यले कृष्ण भवन धर्म उच्च माविमा स्थापना गरेको २ लाख ११ हजार १११ को अक्षय कोषबाट विद्यालयका ३६ जना जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेका थिए । विद्यालयमा उच्च मावि सञ्चालन गर्न आर्थिक सहयोग, विद्युतीय पुस्तकालय, भौतिक संरचना लगाएत नियमित शैक्षिक साम्रागी उपलब्ध गराउँदै आएका आचार्यले बेलायतमा आफ्नो आम्दानीको केही हिस्सा शैक्षिक क्षेत्रको विकासमा खर्च गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले विद्यार्थीको पढाई सुधार गर्न, पठनपाठनमा रुची बढाउन पुस्तकालयको स्थापनालाई मध्यनजर गरी गैरआवासीय नेपाली संघले विभिन्न संघसंस्था संग सहकार्य गरी विद्युतीय पुस्तकालयलाई प्राथमिकता दिएको बताए । कार्यक्रममा वडा अध्यक्ष टुगलाल आचार्य, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष राजु आचार्य, अक्षय कोषका अध्यक्षम लोकनाथ आचार्य, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, स्थानीयबासी लगाएतको उपस्थिती रहेको थियो ।

विद्यालयका प्रअ इन्द्र प्रसाद आचार्यको सञ्चालन, शिक्षक हरिलाल आचार्यको स्वागत र अध्यक्ष दिपक आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एनआरएनएको उपाध्यक्षमा निर्वाचित भएका आचार्यलाई गाउँलेले भब्य सम्मान गरेका थिए । पर्वतको धाईरिङमा जन्मिएर विश्वभर रहेका नेपालीको साझा संस्थामा निर्वाचित भई गाउँको नाम समेत राखेको भन्दै बृद्धबृद्धाले समेत कार्यकालको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
– हरिकृष्ण गौतम
IMG_6588

kul acharaya