१५ चैत्र २०८०, बिहीबार
Follow Us

साउदीमा एक नेपालीको बिहान उठ्न नपाउँदै ज्यान गयो

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७४, बुधबार २३:०७

रुकुम । रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन्।

रोजगारीको सिलसिलामा तीन वर्षअघि साउदी अरब गएका उनी रियादस्थित तुर्की कम्पनीमा कार्यरत थिए। खाना खाएर सुतेका परियार बिहान अबेरसम्म नउठेपछि साथीहरु कोठामा गएर हेर्दा मृत्यु भएको अवस्थामा फेला पारेको बताइएको छ।

मृतक परियारका श्रीमती र चार छोरा छन्। मृतकको शव नेपाल ल्याउनका लागि पहल भइरहेको आठबिसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीले जानकारी दिए। रासस