६ बैशाख २०८१, बिहीबार
Follow Us

मङ्सिर २९ देखि रिलिज हुँदैछ माइ लभ ; कस्तो बन्यो चलचित्र

sarusaru
७ मंसिर २०७४, बिहीबार ०३:१९

नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको कथा चलचित्रको पर्दामा हेर्न पाइने भएको छ। भूकम्पले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गरेको क्षतिसँगै भूकम्पका समयमा सुरक्षाकर्मी र उद्दारकर्मीहरुले खेलेको प्रशंसनीय भूमिकामा आधारित नेपाली कथानक चलचित्र माइ लभको अफिसियल ट्रेलर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको छ । यो चलचित्र यही मंसीर २९ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा रिलिज हुँदैछ।

जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेको उक्त चलचित्रमा गणेश लामा,नयाँ अनुहार शितल श्रेष्ठ,जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ। यस्तै नेपाली कलाकारहरु चैत्यदेवी सिंह,चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेत अभिनय हेर्न पाइनेछ।

माइ लभ चलचित्रले आफ्नो देशको महत्वपूर्ण सम्पदा स्थलहरुको महत्व दर्शाउदै तिनीहरुको पुनर्निर्माण र संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको सन्देश दिइएको छ। चलचित्रमा धरहरा ढल्दै गरेको दृश्यलाई पनि जीवन्त रुपमा देखाइएको छ भने भूकम्पले तहस नहस पारेको काठमाडौंलाई रियल रुपमा प्रस्तुत गरिएको छ।

फिल्म क्रियसन नेपालको ब्यानरमा गणेश लामाले निर्माण गरेको चलचित्र माइ लभमा दिनेश सुनामको संगीत, गौरीशंकर धुजुको छायांकन निर्देशन, नारायण जिसीको छायांकन र तारा थापा किम्भेको सम्पादन रहेको छ ।
-फिल्मी खबरबाट ।